नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड « Khabarhub

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड दिइएको छ । 

एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालले आयोजना गरेको ‘कृषि उद्योग उत्पादन राष्ट्रिय नीति संवाद’ कार्यक्रममा सरोकार भएकाहरूले कृषिलाई प्राथमिकता दिएर नीति निर्माण गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले नीति बने पनि कार्यान्वयन फितलो भएकाले कृषिमा प्रभावकारी काम हुन नसकेको बताए । 

‘केही वर्षअघि नेपालबाट खाद्यान्न निर्यात हुन्थ्यो, अहिले आयात गर्छौँ । यसमा हामी कहाँ चुक्यौँ, समीक्षा हुनुपर्छ । वास्तविक किसानले अनुदान नपाउँदा पनि कृषि क्षेत्रको विस्तार हुन सकेको छैन’, उनले भने । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले आयातमा निर्भर कृषि प्रणाली भएर समस्या भएकाले यस विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल गरिने बताए । स्वदेशमै कृषि उद्यम गरेर जीविकोपार्जन गर्नसक्ने वातावरण बनाउने गरी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

“कृषिमा प्रविधि पनि जोडेर लैजाने गरी नीति र कानुन बनाइनुपर्छ, कृषिलाई उद्योगसँग जोडेर लैजानुपर्ने आवश्यकता छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने गरी नीति, कानुन बनाएर कृषि क्षेत्रलाई अघि बढाउने र किसानलाई प्रोत्साहन गर्ने योजना बनाउने छौँ”, सभापति चौधरीले भने ।
 
 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ७ : ५१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म