आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित « Khabarhub

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) माथि ४ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बैंगलोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी छँदै मात्र ६ विकेट गुमाएर पूरा गरेको हो ।

गुजरातको जितमा अलराउन्डर जेसन होल्डरले निर्णायक भूमिका खेले । उनले बलिङतर्फ २ विकेट लिनुका साथै ३ वटा क्याच गरे । ब्याटिङमा १० बलमा १२ रनको महत्वपूर्ण योगदान दिए । होल्डर खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । बैंगलोरका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । सामान्य योगफलको फाइदा गुजरातले लिएको हो ।

१५६ रनको लक्ष्य पछ्याएको गुजरातले १५.५ ओभरमै १५८ रन बनाउँदै जित सुनिश्चित गरेको हो । यो जितसँगै गुजरात टाइटन्स १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पराजित बैंगलोरु १२ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : ११ बजे

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण