यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह « Khabarhub

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालको क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। अब यूएईका नागरिकहरूले यी तीन देशको यात्रा गर्न पाउने छैनन्।

त्यसैगरी, यी तीन देशमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल स्वदेश फर्किन पनि यूएई सरकारले आग्रह गरेको छ।

सरकारी विवरणअनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। यूएईले स्थिति निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप निर्देशन जारी गर्ने जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ११ : ३८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म