रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत  « Khabarhub

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार २० जनाकै पहिचान खुलेको हो । बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । 

मृत्यु हुनेहरुमा सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका हरेका छन् । दुर्घटनामा एक जना घाइते भएका छन् । 

घाइते समीर कामी सिस्ने ५ का हुन् उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको प्रहरीको भनाइ छ ।

मृत्यु भएकाहरूको नामावली 

सिस्ने–५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)

१.गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)

२.तिलकुमारी बुढाथोकी (५३ वर्ष)

३.युवा बुढाथोकी (२८ वर्ष)

४.दिव्यन बुढाथोकी (१० वर्ष)

५.सृजना बुढाथोकी (२४ वर्ष)

६. सुदीप बुढाथोकी (१३ वर्ष)

७.ओमकुमारी बुढाथोकी (४० वर्ष)

८. मीना कामी (६० वर्ष)

९.लक्ष्मी शाह (६० वर्ष)

१०.रुक्मिणा बस्नेत

भुमे–५, रुकुम पूर्व घर भएकाहरू

११. टेकप्रसाद बुढामगर

दाङको घोराही–१५, रतनपुर घर भएकाहरू  

१२. दोरपती जिसी (५४ वर्ष)

१३. तिला जिसी (३२ वर्ष)

१४. जेनिस जिसी (७ वर्ष)

१५. जेनिसा जिसी (१२ वर्ष)

१६.एलिना जिसी (२५ वर्ष)

१७. संयोग जिसी (७ वर्ष)

१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ

१९.धनमाया विष्ट शान्तिनगर, दाङ (हालः सिस्ने–५, रुकुम पूर्व)

२०.बेदु कामी (४२ वर्ष) – सवारी चालक

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ४ : ०१ बजे

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी

जेन-जी घाइतेको विवरण सार्वजनिक

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप