नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा « Khabarhub

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा परेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार जारी खेलमा यूएईले लगातार विकेट गुमाएपछि यूएईको इनिङ संकटमा परेको हो ।

ताजा अवस्थामा यूएईले ३२ ओभरको खेल सकिँदासम्म ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको छ । यूएईका मुहम्मद शहदादले सर्वाधिक ६५ रन बनाएका छन् । ७२ बलको सामना गरेका उनले ४ चौका र दुई छक्का प्रहार गरेका छन् । यूएईका हरप्रित सिंहले ४० बलमा ४१ रन बनाएका छन् । त्यस्तै, आयंश शर्माले ३२ बलमा ३३ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामीले दुई विकेट लिएका छन् । नन्दन यादवले एक विकेट लिएका छन् ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले ।

९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन जोडे । गुल्शन झाले ३८ बलमा ४४ रन बनाए ।

यूएईका जुनैद सिद्दिक र अजय कुमारले समान दुई तथा खुजैमा तनवीर र हैदर अलीले समान एक विकेट लिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ५ : २९ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही