केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी « Khabarhub

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न रोमान्चक खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ७ विकेटको सानदार जित निकालेको छ । जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको उच्च स्कोरको प्रतिस्पर्धामा दिल्लीले राजस्थानले दिएको २२६ रनको विशाल लक्ष्य ५ बल बाँकी छँदै पूरा गरेको हो ।

२२६ रनको चुनौती पछ्याउने क्रममा दिल्लीका ब्याटरले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए । दिल्लीले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर २२६ रन बनाउँदै जित पक्का गरेको हो । टोलीको जितमा कप्तान केएल राहुलले विष्फोटक इनिङ्स खेले । उनले मात्र ४० बलमा ७५ रन जोड्दै टोलीको जितको आधार तय गरे । राहुल नै खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

बलिङतर्फ तीन विकेट हात पार्दै मिचेल स्टार्कले दिल्लीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२५ रनको विशाल योगफल तयार पारेको थियो । राजस्थानका लागि शीर्ष र मध्यक्रमका ब्याटरले उत्कृष्ट योगदान दिए पनि बलिङमा चुक्दा टोलीले हार बेहोर्नु पर्‍यो ।

यो जितसँगै दिल्ली क्यापिटल्सले ९ खेल खेल्दै ८ अंक जोडेको छ । दिल्ली तालिकाको छैटौं स्थानमा छ । १० खेलबाट १२ अंक जोडेको राजस्थान भने तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ६ : ४३ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव