ट्रम्पले संस्थाको रकम दुरुपयोग गरेको ठहर, २० लाख डलर तिर्न अदालतको आदेश « Khabarhub

ट्रम्पले संस्थाको रकम दुरुपयोग गरेको ठहर, २० लाख डलर तिर्न अदालतको आदेश


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउन्डेशनको कोष दुरुपयोग गरेको ठहर गर्दै अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानमा ट्रम्पले आफैँले स्थापना गरेको उक्त संस्थाको रकम खर्च गरेको न्यूयोर्ककी एक न्यायाधीशले ठहर गरेकी हुन् ।

ट्रम्पको स्वार्थपूर्तिका लागि रकम खर्च गरिएको अभियोग लगाइएपछि ‘द डोनल्ड जे ट्रम्प फाउन्डेशन’ सन् २०१८ मा बन्द गरिएको थियो ।

ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेश न्यायाधीश सालियान स्कार्पलाले दिएकी बीबीसीले जनाएको छ ।

ट्रम्प आफूले नै २० लाख डलर तिर्नुपर्ने र त्यो रकम उनीसँग सम्बन्ध नभएका आठवटा परोपकारी संस्थालाई जाने स्कार्पलाको आदेशमा उल्लेख छ।

पूर्वसैनिकहरूका लागि सङ्कलन गरिएको रकम निर्वाचन अभियानका लागि उपलब्ध गराएर ट्रम्पले संरक्षकको कर्तव्य उल्लङ्घन गरेको स्कार्पलाको आदेशमा उल्लेख छ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ३ : २४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार