एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग « Khabarhub

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ । शनिबार काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा केन्द्रीय सदस्यसहितका युवा नेताहरूको ‘पुनर्जागरण भेला’ आयोजना गर्दै पार्टीको वर्तमान संरचना र कार्यशैलीमाथि प्रश्न उठाइएको हो ।

भेलामा एमाले केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडाल लगायत उपस्थित थिए । नेताहरू रमेश पौडेल, रोशन बस्नेत र सुजन कडारियासहितका सहभागीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउनुपर्ने विषयमा खुला रूपमा धारणा राखेका छन् । भेलामा पूर्वकेन्द्रीय सदस्य नवीना लामा, रमेश पौडेल, अनेरास्ववियुका पूर्वअध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, युवा संघ उपमहासचिव उपेन्द्र शाही लगायत सहभागी थिए ।

भेलाका मुख्य प्रस्तावमा केन्द्रीय कमिटी विघटन गरी बाहिरबाट समेत समेटेर तदर्थ कमिटी गठन गर्दै विशेष महाधिवेशन गरिनुपर्ने, प्रदेश र जिल्ला कमिटीहरू समेत विघटन गरेर नयाँ संरचना बनाइनुपर्ने र संगठित सदस्यताको पुनः छनबिन तथा नवीकरण गरिनुपर्ने रहेको थियो ।

कार्यक्रममा पार्टीको विचारधारा र कार्यशैली स्पष्ट नभएको भन्दै नेताहरूले आलोचना गरेका थिए । उनीहरुले पार्टी ‘कहिले माओवादी, कहिले कांग्रेस, कहिले अन्य साना दलजस्तो’ शैलीमा चलाइएको आरोप लगाएका छन् ।

यसअघि पनि केही नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका थिए । पछिल्लो समय बालेन शाह नेतृत्वमा नयाँ सरकार गठनपछि अध्यक्ष ओली पक्राउ परेको घटनाले पार्टीभित्र पुनर्गठनको आवाज थप मुखर भएको छ ।

पार्टीका केन्द्रीय पदाधिकारीहरूकै एक हिस्सा एमाले पुनर्गठनको पक्षमा देखिन थालेका छन् । सचिवालयस्तरमै यस विषयमा बहस तीव्र बन्दै गएको छ भने सर्वोच्च अदालतको आदेशसँगै पत्थरीको शल्यक्रियापछि अध्यक्ष ओली अझै पूर्ण रूपमा सक्रिय हुन सकेका छैनन् । उनी हाल भक्तपुरको गुण्डुस्थित घरमै आराम गरिरहँदा एमाले नेतृत्वबाट बिदा गर्नुपर्ने आवाज संस्थागत हुँदै गएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ६ : १९ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर