छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा शुक्रबार र आज भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

सुनसरीको दुहबी नगरपालिका–२ तुथाहामाबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका(४ मा ट्याक्टरको ठक्करबाट साइकलमा सवार लालबन्दी(९ बस्ने सन्तोष भट्टराईकी छ वर्षीया छोरी अन्सु भट्टराई, बाराको कलैया उपमहानगरपालिका–२४ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री कलैया-१६ दिब्यनगरी ७० वर्षीया दहउरादेवी महतो, कास्कीको अन्नपूर्ण गाउँपालिका-९ सुधामेमा बोलेरोको ठक्करबाट साइकलयात्री अन्नपूर्ण-९ का डिलबहादुर आलेकी छ वर्षीया छोरी सुस्मा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ कालीगण्डकी चोकमा आज बिहान ट्रक र स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका–३ की ३६ वर्षीया निशा कुमाल, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्याउले बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोधारा चाँदनी-१ का १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनुषाको हंसपुर नगरपालिका–२ बक्चौडामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका रामटहल मण्डलका १४ वर्षीय छोरा कृष्ण मण्डलको मृत्यु भएको छ भने बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा आज बिहान भएको दुर्घटनामा गुलरिया–११ का अलिशेर साइकी आठ वर्षीया छोरी नाजिया साइको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ९ : ०० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ