गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित « Khabarhub

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको ४४औँ खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि ८ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान चेन्नाईमा भएको खेलमा मुम्बईले दिएको १६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ खेले । उनले ४८ बलमा अविजित ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्ने क्रममा मुम्बईका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८.१ ओभरमै लक्ष्य भेट्टायो । जितसँगै चेन्नाईले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ । यो जितसँगै चेन्नई छैटौं स्थानमा उक्लिएको छ । मुम्बईले हारको सामना गरेको मुम्बई तालिकाको पुछारबाट दोस्रो अर्थात् नवौं स्थानमा छ । मुम्बईले आठ खेल खेल्दा दुई मात्र जित निकाल्दै चार अंक बनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : १५ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव