गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित « Khabarhub

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको ४४औँ खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि ८ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान चेन्नाईमा भएको खेलमा मुम्बईले दिएको १६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ खेले । उनले ४८ बलमा अविजित ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्ने क्रममा मुम्बईका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८.१ ओभरमै लक्ष्य भेट्टायो । जितसँगै चेन्नाईले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ । यो जितसँगै चेन्नई छैटौं स्थानमा उक्लिएको छ । मुम्बईले हारको सामना गरेको मुम्बई तालिकाको पुछारबाट दोस्रो अर्थात् नवौं स्थानमा छ । मुम्बईले आठ खेल खेल्दा दुई मात्र जित निकाल्दै चार अंक बनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : १५ बजे

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा