काठमाडौंमा अवैध संरचना भत्काउने अभियान तीव्र « Khabarhub

काठमाडौंमा अवैध संरचना भत्काउने अभियान तीव्र


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ ।

सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा काठमाडौका विभिन्न स्थानमा जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने क्रम जारी रहेको हो ।

यसै क्रममा धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर क्षेत्रमा अव्यवस्थीत तथा अतिक्रमित संरचना हटाइएको छ ।

त्यस्तै विष्णुमति नदी किनारस्थित कामपा–१६ बालाजु–माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्नेक्रम चलिरहेको छ ।

कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य भइरहेको काठमाडौं महानगरले जनाएको छ ।

अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।

त्यहाँ राखिएका भूमिहीन सुकुमवासीको पहिचान गरी उनीहरुलाई व्यवस्थापन पनि गरिएको छ ।

यता शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै सहायता आवश्यक नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  २ : २१ बजे

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता

अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी