लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट « Khabarhub

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राबारे उठेका प्रश्नप्रति परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्तामार्फत जारी प्रतिक्रियामा नेपालले उक्त विषयमा भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट स्पष्ट अडान पुनः जानकारी गराइसकेको जनाएको हो ।

मन्त्रालयका अनुसार १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू-भाग हुन्। यस विषयमा नेपाल सरकार पूर्ण रूपमा स्पष्ट र अडिग रहेको उल्लेख गरिएको छ ।

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा नेपालले आफ्नो सरोकार दुवै छिमेकी मुलुकसमक्ष पुनः राखेको जनाउँदै यसअघि पनि उक्त क्षेत्रमा सडक निर्माण, सीमा व्यापार तथा तीर्थाटनजस्ता गतिविधि नगर्न भारत सरकारलाई निरन्तर आग्रह गर्दै आएको मन्त्रालयले जनाएको छ ।

साथै, लिपुलेक क्षेत्र नेपाली भू-भाग भएको विषयमा चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको स्पष्ट पारिएको छ ।

परराष्ट्र मन्त्रालयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै ऐतिहासिक सन्धि, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक संवादमार्फत गर्न नेपाल सधैं प्रतिबद्ध रहेको दोहोर्‍याएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ९ : ०० बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर