आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य « Khabarhub

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई १६४ रनको लक्ष्य दिएको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरात टाइटन्सले टस जितेर पहिले बलिङ रोजेको थियो। त्यसपछि ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनायो ।

पञ्जाब किंग्सको सुरुआत भने निकै कमजोर रह्यो। टोलीले मात्र ४७ रन बनाउँदा ५ विकेट गुमाएको थियो। त्यसपछि सूर्यांश शेडगे र मार्कस स्टोयनिसले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। दुवैले ४४ बलमा ७९ रनको साझेदारी गरे ।

सूर्यांश शेडगेले २९ बलमा ५७ रन बनाउँदै अर्धशतक प्रहार गरे भने स्टोयनिसले ४० रन बनाए ।

गुजरात टाइटन्सका लागि जेसन होल्डरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै मोहम्मद सिराज र कगिसो रबाडाले समान २–२ विकेट हात पारे ।

१६४ रनको लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सले १.३ ओभरमा १ विकेट गुमाउँदै १६ रन बनाइसकेको छ । कप्तान शुभमन गिल ५ रन बनाएर आउट भए । उनलाई अर्शदीप सिंहले कूपर कोनोलीको हातबाट क्याच गराएका थिए। साई सुदर्शन हाल क्रिजमा खेलिरहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १० : ०३ बजे

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने