माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै « Khabarhub

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो ।

करिब १७ करोड ८६ लाख रुपैयाँको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको हो । 

अहिले भएको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ ।

पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार आठ मेघावाटको हुँदा समयसमयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बताए । उनका अनुसार पुरानो ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको हो । 

समयसमयमा विद्युत् प्रवाहमा समस्या आउने र समस्या पहिचान गर्न लामो समय लाग्ने हुँदा नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको उनले जानकारी दिए । 

ठेक्का सम्झौतासँगै ठेकेदार कम्पनीले भूमिगत विद्युतीकरणका लागि नक्साङ्कनको काम सम्पन्न गरेर २५ मेघावाटको विद्युत् प्रवाह गर्न सक्ने तारको खरिद प्रक्रियामा रहेको कार्यालयका प्रमुख झाले उल्लेख गरे । वर्षात सकिएसँगै कामले तीव्रता पाउने उनले बताए ।

माडीमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत् प्रवाह गर्दै आएको छ । जहाँ ११ हजार ७०० ग्राहक रहेको वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टले जानकारी दिए । उनका अनुसार घरायासी एवं सिँचाइको प्रयोजनका लागि ती ग्राहक रहेका छन् ।

जिल्लाका माडी नगरपालिलाई चारैतिर जङ्गलले घेरेको छ । धेरैजसो भागमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । माडीवासी सदरमुकाम भरतपुर आउजाउ गर्न निकुञ्जकै बाटो प्रयोग गर्नुपर्दछ । गत वैशाख ७ गते नौ महिनाभित्र काम सम्पन्न गर्ते गरी ठेक्का सम्झौता पछि काम अघि बढेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ५ : ०१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका