यही वर्ष प्रेमीसँग बिहे गर्ने तयारीमा आँचल ! « Khabarhub

यही वर्ष प्रेमीसँग बिहे गर्ने तयारीमा आँचल !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका आँचल शर्मा बिहे गर्ने तयारीमा छिन् । एक अन्तर्वार्ताका क्रममा आँचलले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग यसै वर्ष बिहे गर्ने योजना बनाएको खुलासा गरिन् ।

सोलो नायिकाका रुपमा खासै जम्न नसकेकी आँचलले पछिल्लो समय ‘दाल भात तरकारी’ मा अभिनय गरेकी थिइन् । फिल्मले एकाउन्नौँ दिन मनाए पनि आँचलले भने फिल्मबाट खासै क्रेडिट पाइनन् ।

फिल्म नगरीमा पल शाहसँग प्रेममा रहेको हल्ला चले पनि आँचल र पलले यो गसिपको खण्डन गर्दै आएका थिए । पल र आँचल आफूहरु राम्रो साथी भएको बताउँदै आएका थिए ।

मिडियामा पल र आँचल प्रेममा रहेको चर्चा चलिरहँदा पेशाले डाक्टर उदिप श्रेष्ठसँग सम्बन्धमा रहेको चर्चा चलेको थियो । शुरुमा आँचलले आफूहरु प्रेममा परेको तर राम्रो साथी भएको बताए पनि अहिले भने आँचल र उदिपबीच सम्बन्ध नजिकिएको छ ।

यी दुईका परिवारले पनि आँचल र उदिपको सम्बन्धलाई स्वीकारेका छन् । आँचल उदिपको घरमा पनि आउने जाने गर्छिन् ।

सम्बन्ध यतिसम्म नजिक भएको छ कि, आँचलले उदिपसँग बिहे नै गर्ने भएका छन् । उदिपको परिवार पनि फिल्म क्षेत्रसँग नजिक छ ।

यो पनि पढ्नुहोस्:

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : १८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था