काठमाडौं – भारतका विभिन्न राज्यहरूमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा अधिकांश स्थानका नतिजा सार्वजनिक भएका छन् । केरल, तमिलनाडु, असम र पुडुचेरीमा फरक–फरक राजनीतिक समीकरण देखिएको छ ।
केरलमा सबै १४० सिटको नतिजा सार्वजनिक भइसकेको छ । यहाँ भारतीय राष्ट्रिय कांग्रेसले ६३ सिट जित्दै १० वर्षपछि सत्तामा पुनरागमन गरेको छ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)ले २६ र इंडियन युनियन मुस्लिम लिगले २२ सिट जितेको छ ।
तमिलनाडुमा भने सबैभन्दा ठूलो उलटफेर भएको छ । अभिनेता विजय थलापतिको नेतृत्वमा दुई वर्षअघि गठन भएको तमिलगा वेत्रि (टिभीके) पहिलो शक्ति बनेको छ । टिभीकेले ७१ सिट जितिसकेको छ भने ३३ सिटमा अग्रता कायम गरेको छ ।
सरकार गठनका लागि ११८ सिट आवश्यक पर्ने भएकाले गठबन्धनको सम्भावना बढेको छ । विजयका पिता एस. ए. चंद्रशेखरले कांग्रेससँग सहकार्य हुन सक्ने संकेत दिएका छन् ।
यसैबीच, वर्तमान मुख्यमन्त्री एम.के. स्टालिन कोलाथुर सिटबाट पराजित भएका छन् । उनलाई टिभीकेका बी.एस. बाबू ले ८ हजारभन्दा बढी मतले हराएका हुन्। बाबू केही महिनाअघि मात्र द्रविड मुनेत्र कषगम (डीएमके) छाडेर टिभीकेमा प्रवेश गरेका थिए ।
तमिलनाडुमा डीएमके दोस्रो स्थानमा झरेको छ । १५१ सिटको नतिजामध्ये टिभीकेले ७१, डीएमकें ले ३८ र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कषगम (एआईएडीएमके)ले २९ सिट जितेका छन् ।
असममा भने हिमन्त बिस्व सरमा को नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) पुनः सत्तामा फर्किएको छ। भाजपा ले ८१ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ, जुन आवश्यक संख्याभन्दा १३ बढी हो । कांग्रेसले १२, बोडोल्यान्ड पिपुल्स फ्रन्ट ले १०, असम गण परिषद ले ९ र अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट ले २ सिट जितेका छन्।
पुडुचेरीमा २८ सिटको नतिजा सार्वजनिक भइसकेको छ । मुख्यमन्त्री एन. रंगास्वामीको पार्टीले १० सिट जितेको छ। डीएमकेले ५, भाजपाले ४ र टिभीकेले २ सिट जितेका छन् । यहाभाजपां गठबन्धनको सरकार बन्ने देखिएको छ। समग्रमा, यसपटकको निर्वाचनले दक्षिण भारतको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याएको देखिएको छ।













प्रतिक्रिया