साताको दुई दिन बिदा स्थायी रुपमै लागू गर्ने सरकारको तयारी « Khabarhub

साताको दुई दिन बिदा स्थायी रुपमै लागू गर्ने सरकारको तयारी


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले हप्ताको दुई दिन बिदालाई स्थायी रुपमै कार्यान्वयनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले केही समयका लागि परीक्षण गरेको हप्तामा दुई दिन बिदालाई स्थायी रुपमा लैजाने तयारी भइरहेको बताएका हुन् ।

सोमबार मन्त्रालयमा आयोजित उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँगको छलपलमा उनले भने, ‘अब स्थायी रूपमै दुई दिन नै सार्वजनिक बिदा दिने कि भने अध्ययन भइरहेको छ । अहिले त्यसकै परीक्षण भइरहेको हो ।’

उनले शुल्क निर्धारण र छात्रवृत्तिको विषयमा धेरै गुनासो आउन थालेको भन्दै पारदर्शी बनाउन आग्रह गरे ।

उनले शुल्क सम्बन्धी गुनासो पालिकातहमै सम्बोधन गर्न सक्ने गरी मन्त्रालयले तयारी गरेको पनि सुनाए ।

छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता ढंगोलले दुईदिन सार्वजनिक बिदा गर्दा पाठ्यक्रम समायोजन चाँडो गर्नुपर्ने बताइन् । दरबन्दी व्यवस्थापनमा मन्त्रालयले गर्ने निर्णयमा महानगरले समन्वय गर्ने उनको भनाइ छ ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले निजी विद्यालयमा छात्रवृत्ति वितरण पारदर्र्शी बनाउनुपर्ने बताए । धेरै विद्यालयको जग्गा आफ्नो भोगाधिकारको जग्गा नरहेकाले नीतिगत प्रबन्ध गरिनुपर्ने उनको भनाइ छ ।

नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले शिक्षा निःशुल्क पउने व्यवस्था गर्न मारे। शुल्क निर्धारण स्थानीय सरकार आफैंले गर्ने र सङ्घ आफै‌ जिम्मेवार हुनुपर्ने उनले बताए । उनले १० प्रतिशत छात्रवृत्ति आफैं अनुगमन गर्ने, दुई सय २० दिन नघट्नेगरि विद्यालय सञ्चालन गरिनुपर्ने तथा कक्षा १ देखि ५ सम्मको परीक्षामा मापदण्ड बनाउन सुझाव दिए ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी देवी पाण्डेले शुल्क निर्धारण तथा नियमन स्थानीय सरकारले नै गर्ने बताइन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : १२ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,