इरान-अमेरिका तनाव : फुजैराह विस्फोटले विवाद, होर्मुजमा झन् गहिरिँदो संकट « Khabarhub

इरान-अमेरिका तनाव : फुजैराह विस्फोटले विवाद, होर्मुजमा झन् गहिरिँदो संकट


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले फुजैराह पोर्टको तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । प्रेस टिभीका अनुसार एक सैन्य अधिकारीले उक्त तेल क्षेत्रमा आक्रमण गर्ने कुनै योजना नभएको बताएका छन् ।

अधिकारीका अनुसार अमेरिकाले होर्मुज क्षेत्रमा जबर्जस्ती मार्ग खोल्ने प्रयास गरेपछि अवस्था बिग्रिएको हो। उनले यस घटनाका लागि अमेरिकी सेना जिम्मेवार रहेको र यसले क्षेत्रीय स्थिरतालाई खतरा पुर्‍याएको दाबी गरेका छन् ।

यो घटना त्यतिबेला भएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज क्षेत्रमा ‘प्रोजेक्ट फ्रीडम’ सुरु गर्ने आदेश दिएका थिए, जसको उद्देश्य जहाजहरूको आवागमन पुनः सुचारु गर्नु हो ।

यसको प्रतिक्रिया स्वरूप इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले चेतावनी दिँदै आफ्नो अनुमति बिना कुनै पनि सैन्य वा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गर्न खोजे रोक्ने जनाएको छ । 

इरानले आफूले होर्मुजमा नियन्त्रण कायम राखेको र आफ्ना नियम पालना गर्ने जहाजलाई मात्र आवागमन अनुमति दिएको बताएको छ ।

यसअघि इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई चेतावनी दिन मिसाइल र ड्रोन प्रहार गरेको जनाएको छ । ती युद्धपोतहरू चेतावनीको बेवास्ता गर्दै नजिक आइरहेकाकाले आक्रमण गरिएको इरानको भनाइ छ। 

यूएई आक्रमणप्रति भारतको प्रतिक्रिया

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएईमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्। उक्त घटनामा तीन भारतीय नागरिक घाइते भएका छन्।

मोदीले सर्वसाधारण र महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउनु अस्वीकार्य भएको बताएका छन्। उनले भारत यूएईसँग दृढ रूपमा उभिएको र सबै समस्या वार्ता तथा कूटनीतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

साथै उनले होर्मुज क्षेत्रमा जहाजहरूको अवरोधरहित आवागमन आवश्यक रहेको उल्लेख गर्दै यसले क्षेत्रीय शान्ति, स्थिरता र विश्वव्यापी ऊर्जा सुरक्षामा प्रभाव पार्ने बताएका छन्।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  २ : ०६ बजे

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्