टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन « Khabarhub

टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ ।

नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए ।

करदातालाई करको दायरामा ल्याउन वडा–वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको जनाएको छ । नगरपालिकाका अनुसार आव २०७५/७६ मा निवेदन दस्तुरबाट रु ७८ हजार ३००, नक्सापास दस्तुरवापत रु ४२ लाख ३९ हजार २७४, ‘घ’ वर्ग अनुमति दस्तुरबाट रु ४३ हजार ४१०, व्यक्तिगत घटना दर्ता जरिवनाबाट रु ७५ हजार, विभिन्न सिफारिश दस्तुरबाट रु १२ लाख ४२ हजार ५०० र अन्य आम्दानीबाट रु ६ लाख ९५ हजार ७१ राजश्व सङ्कलन गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा नगरपािलकाले रु ८८ लाख ५७ हजार ५०१ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९२ लाख ५४ हजार ९३१ राजश्व सङ्कलन भएको थियो । आव २०७४/७५ मा घरजग्गा र सम्पत्ति करबाट रु ५० लाख ३४ हजार ६२५, मालपोत तथा भूमि करबाट रु २५ हजार ७३७, बहाल करबाट रु २८ हजार २७ लाख ६८६, व्यवसाय दर्ता करबाट रु १० लाख ८९ हजार ६८२, विज्ञापन करबाट ४८ हजार ५०१ र बहाल विटौरी करबाट ४५ हजार ३०६ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

नगरपालिकाले वडा नं १ र २ मा ग्रामीण क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई करमा ४० प्रतिशत छुट दिइएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । यस्तै भूकम्पपीडितलाई ७५ प्रतिशत छुट र सम्पत्तिकरमा साउन, भदौँ, असोज तथा कात्तिक महीनाभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : ४५ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर