नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा प्रमाण मिसिल झिकाउन आदेश गरेको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार सुनुवाइ गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहित उच्च पदाधिकारीविरुद्ध चलेको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश दिएको हो ।

संगठित गिरोह खडा गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन भूमिका खेलेको दाबीसहित चलेको मुद्दामा अन्तिम सुनुवाइ प्रयोजनका लागि प्रमाण मिसिल झिकाइएको हो ।

जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी र सन्देश शर्मासहित ३० जनाविरुद्ध चलेको किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दाको प्रमाण मिसिल झिकाउन भनेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : ०९ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा