आईपीएल: सञ्जु सामसन चम्किएको खेलमा चेन्नईले दिल्लीलाई हरायो « Khabarhub

आईपीएल: सञ्जु सामसन चम्किएको खेलमा चेन्नईले दिल्लीलाई हरायो


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ ।

दिल्लीस्थित घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल तयार पारेको थियो । १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले मात्र २ विकेट गुमाएर १७.३ ओभरमै लक्ष्य भेट्टायो ।

चेन्नईको जितमा नायक बनेका सामसनले ५२ बलमा अविजित ८७ रनको इनिङ खेले । उनी प्लेयर अफ द म्याच बने। चेन्नईले १५ बल बाँकी छँदै जित हात पारेपछि अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ ।

दिल्लीका लागि बलरले कसिलो बलिङ गर्न नसक्दा चेन्नईका ब्याटर हाबी भएका थिए । यो हारसँगै दिल्लीको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ ।

तालिकामा चेन्नईले १० खेल खेल्दा १० अंक जोडेको छ भने समान खेल खेलेको दिल्ली आठ अंकमा सीमित छ । चेन्नई तालिकाको छैटौं स्थानमा छ भने दिल्ली सातौ स्थानमा छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ६ : ०३ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर