आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो « Khabarhub

आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

इलाम– ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्ने बित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो ।

‘सबै फूल एकैपटक फुल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दो रहेछ । म त उतै बसिरहूँ लाग्यो’, पोखराबाट आएकी शारदा सुवेदीले भनिन्, ‘पर्यटक लोभिँदा  रहेछन् । अलिकति बाटोचाहिँ बनाउनै बाँकी रहेछ ।’

वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया । यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन् । याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ । 

‘फोटो खिच्न, भिडियो बनाउनमात्र होइन यहाँबाट देखिने सूर्योदय, सूर्यास्त हेर्न, हिमशृङ्खला नियाल्न र इलाम, पाँचथर, तेह्रथुम, झापासहित भारत पश्चिम बङ्गालका सिक्किम, दार्जिलिङलगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक आइपुग्छन् ।’ गुफापाताल पर्यटन समितिका सचिव विजय लावतीले भने,’नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन् । भारततिरका पर्यटकलाई यहाँ आउन सजिलो छ ।’

तीन किलोमिटिर सडक कच्ची भएका कारण नेपालपट्टिको बाटो पर्यटकलाई असहज भएको हो । तर, ढुङ्गाको सोलिङ गरिएको छ । पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो । मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्रीअन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवाचोक पुगिन्छ । त्यहाँबाट अन्तु रोड छोडेर सिधै उत्तर लाग्दा करिब छ किलोमिटरमा गुफापाताल छ । सीमाक्षेत्र पशुपतिनगरबाट भारत भएर मेची बजार हुँदै कालोपत्रमै गुफापाताल निस्किन सकिन्छ ।

‘दुई हजार ६०० मिटर सडक कालोपत्र सकिएको छ । अब, तीन किलोमिटर सडक निर्माण सकिँदा गुफापातालसम्म कालोपत्र पुग्छ ।’ वडाध्यक्ष सरन राईले भने, ‘यहाँ बनावटीपन केही छैन । सबै चिज प्राकृतिक हो । चिसो हावा, फूलहरूको सुगन्ध र सुन्दर दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटक आकर्षित भइरहेका छन् । पूर्वाधार विकास पनि भइरहेको छ ।’

यो सीमा क्षेत्र हो । यहाँ नजिकै मेची नदीको मुहान छ । भारत र नेपालको सीमामा रहेको मेची नदीको मुहानमा स्थानीयले पूजा गर्छन् । वर्षौँदेखि स्थानीयले सीमारक्षा गर्दै आएको वडाध्यक्ष राईले बताए । रासस

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ११ : २९ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा