पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक « Khabarhub

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार तीन नेताबीच वार्ता भएको छ।

कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनको निवास गल्फुटार पुगेर भेटेका हुन् ।

दुई नेताहरूले खड्का निवास गल्फुटारमा बिहान ११ बजेदेखि साढे १२ बजेसम्म छलफल गरेका हुन् । दुई पक्षबीच भएको छलफलबारेमा विस्तृत केही खुलाइएको छैन ।

यद्यपि, सर्वोच्च अदालतले गगनलाई कांग्रेसको मान्यता दिएसँगै चौधौँ महाधिवेशनका सभापति शेरबहादुर देउवा पक्षलाई पनि समेटेर लैजाने कोसिस भइरहेको छ।

सर्वोच्चको फैसलापछि पनि खड्का पक्ष यही वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने अडानमा छ । उता गगनले पार्टी महाधिवेशनमा आगामी भदौ या असोजमा गर्ने योजना बुनिरहेका छन्।

यस्तोमा खड्का नेतृत्वको समूहलाई पनि कांग्रेसमै राखेर लैजानुपर्ने चुनौती गगन-विश्वलाई छ । त्यही चुनौतीबीच खड्कासँग संवादका लागि दुई नेता गल्फुटार पुगेका हुन्।

यसैबीच खड्कासँग एक घण्टा संवाद गरेपछि अहिले कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ।

उक्त बैठकमा सभापति थापा पनि सहभागी छन् । दलका नेता भीष्मराज आङ्देम्बेले डाकेको यो बैठकले विभिन्न निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : २० बजे

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने