दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, अदालतले दियो थप १२ दिन म्याद « Khabarhub

दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, अदालतले दियो थप १२ दिन म्याद


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित दीपक भट्ट र सुलभ अग्रवाललाई थप हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ अनुसार उनीहरूको म्याद थप गर्ने आदेश दिएको हो।

अदालतको आदेशअनुसार भट्टको हकमा पाँचौँ पटक र सुलभ अग्रवालको हकमा छैटौँ पटक म्याद थप गरिएको छ।

दुवैलाई बुधबारदेखि लागू हुने गरी १२ दिनका लागि थप अनुसन्धान हिरासतमा राखिने भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। अदालतले सम्बन्धित सरकारी वकिल कार्यालयमार्फत अभियोजन प्रक्रिया बाँकी रहेको उल्लेख गरेको छ।

अदालतले संयुक्त अनुसन्धान टोलीबाट भइरहेको अनुसन्धान तथा हालैको कानुनी संशोधनलाई समेत ध्यानमा राख्दै म्याद थपको आदेश दिएको हो।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ०४ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार