बिकेस र अरूणले पेस्तोले देखाएर लुटेका थिए काठमाडौंका व्यापारी, सीसीटीभी फुटेज भाइरल भएपछि समातिए « Khabarhub

बिकेस र अरूणले पेस्तोले देखाएर लुटेका थिए काठमाडौंका व्यापारी, सीसीटीभी फुटेज भाइरल भएपछि समातिए


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको इन्द्रचोक र आसपासका क्षेत्रमा भएका लुटपाट घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत वैशाख १७ गते काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा हतियार देखाई लुटपाट गर्ने प्रयास भएको थियो।

उक्त घटनामा संलग्न दुई जनालाई सोमबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूले व्यापारी लुटेको भिडियो भाइरल भइरहँदा एक्सनमा आएको प्रहरीले दुवैजनालाई समातेको हो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूले ०८२ पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मासान गल्लीस्थित एक होलसेल पसलमा पेस्तोल देखाई लुटपाट गरेकोसमेत खुलेको छ। उक्त घटनामा २ तोला सुनको सिक्री, नगद ४ लाख रुपैयाँ, २ थान मोबाइल र सीसीटीभी उपकरण लुटिएको थियो ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय बिकेस राजवाहक र काठमाडौं महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल छन्।

उनीहरूको साथबाट एक थान चाइनिज पेस्तोल, एक थान म्यागजिन, एक थान गोली, घटना प्रयोग भएका कपडा तथा स्कुटरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ४० बजे

रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप

एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी

दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनादेशलाई सम्मान गर्दै राष्ट्रिय

कीर्तिपुरमा दिनदहाडै धारिलो हतियारबाट युवकको हत्या

काठमाडौं–  काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु