संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने « Khabarhub

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने भएको छ । 

बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद् बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन दिइएको पार्टी सभापति गगन थापाले जानकारी दिए ।

संसदमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ल्याइएको विषयलाई सच्चाउनका लागि सरकारलाई दबाब दिन कांग्रेस सांसदहरूले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

सभापति थापाले संवैधानिक निकायहरूमा सरकार प्रमुखको एकलौटी नियन्त्रण राख्नका लागि सरकारले अध्यादेश ल्याएको आरोप समेत लगाए । 

उनले प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने पहिले नै तय भइसकेको भन्दै आफ्नो खल्तीबाट झिकेको नामलाई पारित गराउन जालझेलपूर्ण रुपमा कानून बनाइएको तर्क गरे । 

सभापति थापाले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई सम्मान गर्ने सबैको जिम्मेवारी भएकाले संविधानको सीमाभित्र रहेर गरेका काममा कांग्रेसले कुनै अवरोध नपुराउने उल्लेख गरे । तर संविधानविपरितको काममा सरकार अघि बढे सशक्त खबरदारी गर्ने उनको भनाइ छ ।

उनले पछिल्ला निर्णय हेर्दा वर्तमान सरकार ठूलो भ्रममा रहेको जस्तो देखिएको जिकिर गरे ।

त्यस्तै सभापति थापाले  भूमिहीन दलित र सुकुम्वासीको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्नेमा डोजर आतंक मच्चाइएको भन्दै आपत्ति जनाए । उनले नागरिकप्रतिको कर्तव्यलाई नभुल्न समेत सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ४० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६