नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ « Khabarhub

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही स्थान निवासी २० वर्षीय बिबीएस कुँवर, सोही स्थानका १८ वर्षीय सुशील खत्री, सोही ठाउँका २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ बस्ने १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । 

सो घटनामा संलग्नमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगञ्जबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनका अनुसार घटनास्थालबाट प्रहरीले एक थान चक्कु, सुपप्र ०१–०१४ प १२५६ नं को एनएस २०० मोटरसाइकल, सिसाका बोटल बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक पातलीका अनुसार नेपालगञ्ज–१२ स्थित प्रितम अधिकारीको घरमा व्रतबन्धको कार्यक्रम रहेको, घरमा बस्ने ठाउँ नभएकाले छिमेकीको घरमा गएको र रमाइलो गर्ने क्रममा दीपेन्द्रराज गिरी र विशालचन्द्र ठकुरीबीचको विवादले उग्ररुप लिएपछि बाँकेको खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीको हत्या भएको थियो । 

उनका अनुसार चक्कुलगायतका धारिलो हतियार ठकुरीमाथि प्रहार गरिएको र कोठाबाट भाग्न खोज्दासमेत लखेट्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते भएका ठकुरीको स्थानीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ५ : ५० बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका