वातावरण प्रदूषण गर्ने २६ अस्पताल र उद्योगलाई कारबाही « Khabarhub

वातावरण प्रदूषण गर्ने २६ अस्पताल र उद्योगलाई कारबाही


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो ।

रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन् ।

सरकारले तोकेको मापदण्डविपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए।

कारबाहीमा परेकामध्ये पनि काठमाडौँमै रहेका अस्पताल धेरै छन् । त्यस्तै दुईवटा क्रसर उद्योग कारबाहीमा परेका छन् । अस्पतालहरूले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने फोहोरको उपचार नै नगरी जथाभावी फालेको भेटिएको लामिछानेले बताए ।

उद्योग प्रतिष्ठानले भने मापदण्डविपरीत धुलो, धुवाँ, रसायन तथा फोहोर पानी जथाभावी फालेको अनुगमनमा पाइएको वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए ।

विभागले विभिन्न समयमा गरेको छड्के अनुगमनमा ती उद्योग प्रतिष्ठानले मापदण्डविपरीत वातावरण प्रदूषित हुने काम गरेको फेला पारेको उनले बताए । मापदण्डविपरीत प्रदूषण फैलाउनेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार हदैसम्मको जरिवाना गरिएको विभागले उल्लेख गरेको छ ।

सरकार मातहत रहेको सरुवा रोग नियन्त्रण गर्ने काठमाडौँ, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नै कारबाहीमा परेको छ । वातावरण प्रदूषण गराएबापत वातावरण संरक्षण ऐनअनुसार अस्पताललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको छ । अस्पतालले वातावरणसँगै मानव स्वास्थ्यमा सीधै हानि पुग्ने फोहोर व्यवस्थापन राम्ररी नगरेको फेला परेको थियो ।

त्यस्तै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पनि वातावरण प्रदूषण गरेबापत ४० हजार रुपैयाँ जरिवाना गरिएको छ । यिनले पनि जथाभावी फोहोर गरी वातावरण र मानव स्वास्थ्यमा असर हुने कार्य गरेको विभागले फेला पारेको हो । त्यसैगरी नर्भिक इन्टरनेसनल हस्पिटल वातावरण प्रदूषण गरेकै कारण ९० हजार रुपैयाँ जरिवानामा परेको छ ।

काठमाडौँ मेडिकल कलेज, गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, नोबल अस्पताल सिनामङ्गल, काठमाडौँ भ्याली अस्पताल सुन्धारा, अल्का अस्पताल, जाउलाखेल, एभरेस्ट अस्पताल र चितवन मेडिकल कलेज भरतपुरले प्रदूषण गरेबापत ९० हजार रुपैयाँका दरले जरिवाना तिरेका छन् । नरदेवीस्थित आयुर्वेदिक चिकित्सालयले पनि प्रदूषण गरेबापत २५ हजार रुपैयाँ जरिवाना भर्नु परेको विभागले जनाएको छ ।

विभागको अनुगमनका क्रममा प्रदूषणकारी गतिविधि गरेको फेला पर्दा यसरी कारबाहीमा पर्ने अन्य उद्योग प्रतिष्ठानमा केपी सिमेन्ट इन्डस्ट्रिज धादिङ, बाबा भेजिटेबल आयल इन्डस्ट्रिज मोरङ, रिलायन्स स्पिनिङ मिल्स सुनसरी, यती डिस्टिलरी चितवन पनि प्रदूषण गरेबापत ९० रुपैयाँका दरले जरिवानामा परेका छन् ।

क्वालिटी थाई फुड्स मोरङ, चण्डिका डिस्टिलरी मोरङ, प्रिमियर वायर्स मोरङ, घोराही सिमेन्ट इन्डस्ट्रिज दाङ, ओम प्लाइउड इन्डस्ट्रिज नेपालगन्ज, प्रगति टेक्सटायल इन्डस्ट्रिज सुनसरी, क्वालिटी ग्रिट एन्ड क्रसर उद्योग तनहुँ, खनाल ग्रिट बालुवा तनहुँ, एसियन थाई फुड्स सुनसरी पनि वातावरण प्रदूषण गरेबापत ९० हजार रुपैयाँ जरिवाना तिर्नेमा पर्छन् ।

मापदण्डविपरीत धुलो, धुवाँ उत्पादन गरी वायु प्रदूषण गरेको अभियोग यी उद्योगलाई लागेको हो । कतिपय निकाय पहिलेको खबरदारीमा सुधार नगरी पटकेमा समेत परेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ७ : १६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको