ट्रम्प भन्छन् : सहमति हुन लाग्यो, इरानको जवाफ : अतिरञ्जित कुरा फैल्याइयो « Khabarhub

ट्रम्प भन्छन् : सहमति हुन लाग्यो, इरानको जवाफ : अतिरञ्जित कुरा फैल्याइयो


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध रोक्ने तथा परमाणु कार्यक्रमसम्बन्धी सहमति नजिक पुगेको दाबी गरेका छन्। उनले वार्ता असफल भए पुनः बमबारी हुन सक्ने चेतावनी पनि दिएका छन्।

यसअघि बुधबार अमेरिकी वेबसाइट एक्सियोसले इरानले ४८ घण्टाभित्र युद्धविराममा सहमति जनाउन सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो। तर इरानले त्यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौता नजिक पुगेको भन्ने समाचारलाई अतिरञ्जित भएको बताएका छन्। उनका अनुसार इरानले अमेरिकी प्रस्तावमा औपचारिक जवाफ दिएको छैन, तर पाकिस्तानमार्फत संवाद जारी छ।

इरानी सञ्चारमाध्यमहरूले अमेरिकी प्रस्तावमा स्वीकार गर्न नसकिने केही शर्तहरू रहेको दाबी गरेका छन्। यद्यपि ती शर्तहरू के हुन् भन्ने खुलाइएको छैन।

इरानी संसद्को विदेश मामिला समितिका प्रवक्ता इब्राहिम रेझाईले उक्त प्रस्तावलाई ‘अमेरिकाको विशलिस्ट’ को संज्ञा दिएका छन्।

उता अमेरिकाले मे ४ मा होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत सुरक्षित बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु गरेको थियो। तर एक दिनमै राष्ट्रपति ट्रम्पले उक्त अभियान रोक्न आदेश दिएका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १ : ४९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने