सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए « Khabarhub

सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भद्र बन्दीगृह सुन्धाराबाट फरार भएका एकजन कैदी ८ महिनापछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रेको पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धिरज उपनामका मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई कैद भुक्तानको लागि उनी केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा थिए ।

तर जेन-जी आन्दोलनका क्रममा उनी गत भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रेको पाँचखाल नगरपालिका-७ शिखरपुरबाट पक्राउ गरेर फेरि जेलमा पठाएको हो ।

उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।  

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  २ : ११ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या