१६ युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन सरकारले थाल्यो नयाँ पहल   « Khabarhub

१६ युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन सरकारले थाल्यो नयाँ पहल  


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका हुन् ।

उनले अहिले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भए पनि १७८ देशमा नेपाली श्रमिकहरू रहेको उल्लेख गरे । 

मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए।

मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरू गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको उल्लेख गरे । 

उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरूको शव ल्याउन केही ढिलाइ भएको भन्दै अव भने ढिलाइ नहुने स्पष्ट पारे । 

मन्त्री यादवले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि मन्त्रालय योजनाका साथ अघि बढिरहेको धारणा राखे  । बैठकमा समिति सदस्यहरूले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए । 

बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरू हस्तान्तरण गरेका थिए । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ३ : ५२ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या