पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा आज आयोजित राष्ट्रिय मनसुन फोरम कार्यक्रममा उनले जल तथा मौसमसम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीउधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी कार्ययोजना प्रभावकारी बनाउन मौसम पूर्वानुमानको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । कृषि क्षेत्रमा मौसम पूर्वानुमानले बाली व्यवस्थापन, सिँचाइ तथा उत्पादन योजनामा सहयोग पुर्‍याउने बताउँदै मन्त्री श्रेष्ठले जलासय व्यवस्थापन, जलविद्युत् उत्पादन, यातायात, स्वास्थ्य तथा पूर्वाधार व्यवस्थापनमा पनि यसको उपयोगिता बढ्दो रहेको धारणा राखे ।

जलवायु परिवर्तनका कारण मौसम प्रणाली थप अनिश्चित र जटिल बन्दै गएको उल्लेख गर्दै उनले मौसम सेवाको गुणस्तर सुधार गर्न वैज्ञानिक केन्द्रहरूको विस्तार, अनुसन्धान प्रवर्द्धन तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

एआई, मेसिन लर्निङ र आधुनिक ‘अल्गोरिदम’ प्रयोगमार्फत मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउनेतर्फ मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले मौसम तथा विपद् पूर्वानुमान प्रणालीले सानो सतर्कताबाट पनि ठूलो जनधनको क्षति रोक्न सक्ने उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्राविधिक तथा विभागीय टोलीको प्रशंसा गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ४ : ५२ बजे

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी