प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार « Khabarhub

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य संविधानविपरीत रहेको दाबी रिटमा गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् । रिटमा प्रधानन्यायाधीशको वरीयता मिच्दा न्यायपालिका अस्थिर भई स्वतन्त्रतामा नै गम्भीर खलल पुग्ने दाबी गरिएको छ ।

त्यस्तै अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले पनि छुट्टाछुट्टै रिट पेस गरेका थिए । तीनवटै रिट दर्ता गर्न अस्वीकार गर्ने आदेश भएको सर्वोच्चले जनाएको छ ।

रिटमा न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएको बताउँदै अन्तरिम आदेशमार्फत शर्माको सिफारिसमा रोक लगाउन माग गरिएको थियो ।

साथै रिटमा परिषद्का सदस्यलाई २४ घण्टाअगावै बैठकको सूचना दिएर निर्णय गर्नुपर्ने कानुनको प्रावधान समेत मिचिएको प्रश्न पनि उठाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ८ : ५३ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,