आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण पक्षको सप्तमी तिथि । कानुन दिवस, गोरखकाली पूजा । तदनुसार सन् २०२६ मे ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : आज शत्रु परास्त हुने दिन छ । कतै रमाइलो यात्रा तय हुनेछ । पुराना साथीभाइसँगको भेटले नयाँ योजनाहरु बन्नेछन्। शुभ खबर सुन्नाले मन प्रशन्न हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेका काम बन्नेछन्।

मिथुन : आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतमाथि प्रश्न उठ्ने जोखिम छ।

कर्कट : आज कम बोल्नु उचित हुनेछ । सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षा क्षेत्रमा थप मिहिनेत गर्न सके प्रगति हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

सिंह : शत्रु बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। अध्ययनमा जोस र जाँगर बढ्नेछ।

कन्या : मन प्रशन्न हुने दिन छ। राजनीतिक बाहेक सबै क्षेत्रमा सुधार हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षामा गरेको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी भनेका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दीर्घकालसम्मको योजना सफल बन्नेछ।

वृश्चिक : आज जोगिएर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा साथीभाइले घेराबन्दी गर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। आमदानीका दृष्टिले विदेशबाट फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। आज शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षामा गहिरो अध्ययन देखेर साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मकर : रोगबाट मुक्त हुने दिन छ। यथार्थ भन्दा धेरै नबोल्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : संकटको सामना गर्नुपर्ने दिन छ। मन अशान्त बन्नेछ। नराम्रो कुरा बढी आउँदा मनमा छटपटी हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। विपक्षी साथीबाट जोगिएर काम गर्नुपर्नेछ। गोप्यता कायम गर्नुपर्ने दिन छ ।

मीन : आज आम्दानी बढ्नेछ । पुराना अड्किएका कामहरु बन्नेछन् । सोचेका काम पूरा हुँदा मन प्रशन्न हुनेछ । परिवारसँग रमाइलो समय बित्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : २६ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि