आज २०८३ साल वैशाख २७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख २७ गते आइतबारको राशिफल


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२६ मे १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ। आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ। दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ।

वृष : आज शुभ दिन छ । आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। बाहिरी कुराले मनमा खटपटी बढ्नेछ। परिवारको व्यवस्थापन गर्नेक्रममा थप जिम्मेवारी थपिनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ।

मिथुन : शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन्। राज्यका तर्फाट सेवाको अवसर मिल्नेछ।

कर्कट : आम्दानी बढे पनि अनावश्यक चिन्ताले मन अशान्त बन्नसक्छ। सोचेका काममा अवरोध हुनसक्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारबाट लाभ हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक काममा चलाख बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। धार्मिक यात्रा हुने योग रहेको छ।

कन्या : कृषि क्षेत्रको व्यापारबाट नाफा हुनेछ दिन छ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ। शिक्षामा गरेको मिहिनेतको आंशिक फल प्राप्त हुनेछ। परिवारसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। समाजले तपाईंलाई सम्मान गर्नेछ। राजनीतिक क्षेत्रमा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। अनावश्यक खर्च कटौती गर्नुपर्नेछ। शिक्षामा गरेको गहिरो अध्ययनले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सजग हुनुपर्ने दिन छ । परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीसँग सहकार्य गर्नुपर्ने दिन छ। मनको कुरा व्यक्त नगर्दा घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : आज धनलक्ष्मी योग परेको छ । साथीले साथ दिएको समयमा ठुलो काममा हिम्मत गर्नु उचित हुनेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : मनमा शान्ति मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले दीर्घकालीन योजना बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय गर्ने दिन छ। शनिदेवलाई सुखी पार्न बिहान उठेर शिवको भजन सुन्नुपर्नेछ।

मीन : आज बोलीमा सरस्वतीको बास छ । सदुपयोग गर्नुहोला। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ५ : १५ बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको