सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट « Khabarhub

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । आगलागीबाट ६ परिवारको १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एकएक वटा घर गरी ९ घर र तीन वटा गाईगोठ गरी १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ७ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का