वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय « Khabarhub

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्नेगरी मिति तय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले जेठको ३ र १६ गते दुई चरणमा हुने गरी वडा अधिवेशनको मिति टुंगो लगाएको हो । पालिका अधिवेशन जेठ १० र जेठ १७ गते गर्ने गरी मिति तय गरिएको छ ।

वैशाख २० अघि समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन हुनेछ भने जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानमा १६ जेठमा वडा अधिवेशन गर्ने भएको छ ।

वैशाख २५ गते अघि समिति गठन भएका पालिकामा जेठ १० गते अधिवेशन हुनेछ । जेठ १० गते अघिसम्म समिति गठन भएका बाँकीको अधिवेशनको समय जेठ १७ गतेका लागि तोकिएको छ ।

सचिवालय बैठकले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जेठ २ गते समिति गठन नभएका वडाको भेला बोलाइएको छ भने जेठ ९ गते समिति गठन नभएका पालिकाहरूको भेला डाकिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : २५ बजे

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार