संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने « Khabarhub

संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले सूचित गरेको छ ।

यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक छुट्टाछुट्टै सुरु हुनेछन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुनेछ ।

यस्तै, सरकारबाट जारी भएका विभिन्न ८ वटा अध्यादेश पनि पेश गर्ने सूची रहेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : १० बजे

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४