अमेरिकी एफ-३५ लडाकु जहाजले यूएईमा आकस्मिक अवतरण गरेको इरानी दाबी « Khabarhub

अमेरिकी एफ-३५ लडाकु जहाजले यूएईमा आकस्मिक अवतरण गरेको इरानी दाबी


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकी वायुसेनाको एउटा एफ-३५ लाइट्निङ आईआई लडाकु विमानले यूएईको एयर बेसमा आकस्मिक अवतरण गरेको दाबी गरेको छ।

भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिँदै अमेरिकी एफ-३५ ए लाइटनिङ–आईआई विमान ओमान सागरमाथि उडानमा रहेका बेला ‘७७००’ इमरजेन्सी कोड प्रसारण गरेको जनाएको छ।

उड्डयन क्षेत्रमा ७७०० लाई सामान्य आपतकालीन संकेतका रूपमा लिइन्छ। दूतावासका अनुसार उक्त कोड प्रसारण गरेपछि विमानले आफ्नो मार्ग परिवर्तन गर्दै अल धफ्रा एयर बेसमा आकस्मिक अवतरण गरेको थियो।

पोस्टमा पछिल्लो २४ घण्टामा इमरजेन्सी कोड प्रसारण गर्ने यो दोस्रो अमेरिकी एफ-३५ ए लाइटनिङ–आईआई विमान भएको उल्लेख गरिएको छ ।

यद्यपि, यस घटनाबारे अमेरिका वा यूएईका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

अल धाफरा एयर बेस यूएईस्थित अमेरिकाको महत्त्वपूर्ण सैन्य अड्डामध्ये एक मानिन्छ, जहाँ अमेरिकी वायुसेनाका लडाकु विमान तथा निगरानी प्रणाली तैनाथ छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ४१ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान