‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’ « Khabarhub

‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । उक्त कार्यक्रममा राष्ट्रपतिलाई स्वागत गर्न नपुगेका प्रधानमन्त्री बालेन शाह राष्ट्रपतिले नीति, कार्यक्रम वाचन गरिरहँदा बीचैमा निस्किए ।

प्रधानमन्त्री त्यसरी बीचैमा निस्किएको विषयमा विपक्षी दलहरुले कडा आपत्ति पनि जनाए ।

प्रधानमन्त्रीको सचिवालयले यही विषयमा स्पष्टीकरण दिएको छ । सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बाहिरिनुपरेको बताएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,’ सचिवालयले भनेको छ, ‘त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।’

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ९ : १७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ