सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’ « Khabarhub

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका पूर्वाधार विकासका योजनामाथि टिप्पणी गर्दै केही सुधार र पुनरावलोकनको सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यातायात गुरुयोजना, बीआरटी र रेलमार्गका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

आचार्यले सडक, रेल, जल, रोपवे र हवाई यातायात समेट्ने गरी ‘एकीकृत राष्ट्रिय यातायात गुरुयोजना’ बनाउने सरकारको नीतिको स्वागत गरेका छन् । तर, यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने र आयोजना छनोट तथा लगानीको प्राथमिकता यही गुरुयोजनाले नै निर्देशित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

काठमाडौंमा ‘बस र्‍यापिड ट्रान्जिट (बीआरटी)’ सञ्चालन गर्ने प्रस्तावप्रति भने उनले असहमति जनाएका छन् । “पछिल्ला अन्तर्राष्ट्रिय अनुभवले बीआरटी सधैं प्रभावकारी समाधान नहुने देखाएका छन्,” आचार्यले भनेका छन्, “काठमाडौँजस्तो साँघुरा सडक भएको सहरमा बीआरटीले विद्यमान ट्राफिक समस्यालाई थप जटिल बनाउने जोखिम छ ।” उनले बीआरटीको सट्टा परम्परागत बस सेवालाई व्यवस्थित बनाउने अन्य व्यावहारिक उपायहरू अपनाउन सुझाव दिएका छन् ।

यस्तै, पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्य हालकै डिजाइनमा अघि बढाउनु उपयुक्त नहुने उनको तर्क छ । विस्तृत प्राविधिक समीक्षापछि मात्र यसलाई अघि बढाउनुपर्ने उनले बताएका छन् । केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग अघि बढाउने नीतिको समर्थन गरे पनि आचार्यले रक्सौल–काठमाडौँ रेलमार्गको प्रतिवेदनमाथि गम्भीर प्राविधिक समीक्षा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ५२ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई