अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ « Khabarhub

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा आफू निदाएको भनेर गरिएको चर्चा गलत भएको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हिजो अर्थमन्त्री निदायो भनेर भाइरल बनाए। त्यसैले यो जे देखिन्छ, त्यो यथार्थ नहुन सक्छ भन्ने चेत राखिदिनु होला’, उनले भने, ‘अर्जेन्ट म्यासेज आइरहेका थिए। राष्ट्रपतिका अगाडि मोबाइल ठड्याएर हेर्न नमिल्ने भएकाले निहुरिएरअर्जेन्ट म्यासेज हेरिरहेको थिएँ । त्यसैले गम्भीर र दूरगामी निर्णयमा नपुगी जानुहोला ।’

राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री वाग्ले भने गहिरो निद्रामा परेका भनेर आलोचना भएको थियो ।

संसद् भवन सिंहदरबारमा सोमबार आयोजित बैठकमा राष्ट्रपतिले सरकारको भावी योजना र रणनीति वाचन गरिरहेका बेला अर्थमन्त्री वाग्ले प्रधानमन्त्री वालेन्द्र शाहसँगकै आशनमा सुतिरहेको जस्तो दृश्य देखिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : २७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण