अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ « Khabarhub

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा आफू निदाएको भनेर गरिएको चर्चा गलत भएको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हिजो अर्थमन्त्री निदायो भनेर भाइरल बनाए। त्यसैले यो जे देखिन्छ, त्यो यथार्थ नहुन सक्छ भन्ने चेत राखिदिनु होला’, उनले भने, ‘अर्जेन्ट म्यासेज आइरहेका थिए। राष्ट्रपतिका अगाडि मोबाइल ठड्याएर हेर्न नमिल्ने भएकाले निहुरिएरअर्जेन्ट म्यासेज हेरिरहेको थिएँ । त्यसैले गम्भीर र दूरगामी निर्णयमा नपुगी जानुहोला ।’

राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री वाग्ले भने गहिरो निद्रामा परेका भनेर आलोचना भएको थियो ।

संसद् भवन सिंहदरबारमा सोमबार आयोजित बैठकमा राष्ट्रपतिले सरकारको भावी योजना र रणनीति वाचन गरिरहेका बेला अर्थमन्त्री वाग्ले प्रधानमन्त्री वालेन्द्र शाहसँगकै आशनमा सुतिरहेको जस्तो दृश्य देखिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : २७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)