पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन « Khabarhub

पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- इरानले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको चार बुँदे प्रस्तावलाई समर्थन गरेको छ ।

चीनका लागि इरानी राजदूत अब्दोलरेजा रहमानी फजलीले सामाजिक सञ्जालमार्फत् इरान उक्त प्रस्तावको समर्थन गर्न तयार रहेको बताएका हुन् ।

हालै इरानी विदेशमन्त्री अब्बास अराघाची र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको भेटवार्तामा पनि यो विषय उठाइएको थियो ।

यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १३ देखि १५ मेसम्म चीन भ्रमण हुन लागिरहेका बेला आएको हो । भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच महत्वपूर्ण भेटवार्ता हुने बताइएको छ ।

चीनले अघि सारेको चार बुँदे प्रस्तावमा पश्चिम एसिया र फारसको खाडी क्षेत्रमा साझा सुरक्षा संरचना निर्माण गर्ने, सबै राष्ट्रको सार्वभौमिकता र सीमाको सम्मान गर्ने, अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने तथा सैन्य बलको प्रयोगबाट निर्णय थोपर्न नहुने विषय समेटिएका छन् ।

त्यस्तै विकास र सुरक्षालाई सन्तुलित रूपमा अघि बढाउँदै दीर्घकालीन आर्थिक स्थायित्व कायम गर्नुपर्नेमा पनि प्रस्तावले जोड दिएको छ ।

गत अप्रिल १४ मा बेइजिङमा संयुक्त अरब इमिरेट्सका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानसँगको भेटमा राष्ट्रपति सीले उक्त प्रस्ताव सार्वजनिक गरेका थिए ।

यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यीले पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दार र इरानी विदेशमन्त्री अराघ्चीसँग पनि छुट्टाछुट्टै संवाद गरे ।

संवादका क्रममा चीनले इरान–अमेरिका तनाव कम गर्न तथा युद्धविराम कायम राख्न कूटनीतिक पहल जारी राख्ने जनाएको छ ।

चीनले मध्यपूर्व क्षेत्रमा दीर्घकालीन शान्ति, स्थायित्व र क्षेत्रीय सहकार्यका लागि आफू रचनात्मक भूमिका खेल्न तयार रहेको दोहोर्‍याएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ४१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ