प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग « Khabarhub

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा ल्याउन आग्रह गरेका हुन् ।

‘संसदमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन, उहाँ आफैँले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आजपनि देखिएको छ, तरपनि आज सदनमा सम्माननीयज्युलाई हामीले देख्न सकेनौँ’, उनले भने, ‘सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुख महोदयको हो, हजुर हाम्रो नायक पनि हो, तपाइँले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन, त्यसैले सभामुख महोदयमार्फत तत्काल सम्माननीय प्रधानमन्त्रीज्युलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’

साथै, राईले संसदमा न्यायाधीशमाथि सत्तापक्षका सांसदले विषय उठाएको कदम असंवैधानिक भएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ०६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर