ज्ञानेन्द्र शाहीको प्रश्न : कालो चश्मा लगाएर सिंहदरबारमै बसेका प्रधानमन्त्री संसद्‍मा किन नआएका ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न : कालो चश्मा लगाएर सिंहदरबारमै बसेका प्रधानमन्त्री संसद्‍मा किन नआएका ?


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही ले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह अनिवार्य उपस्थित हुनुपर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ता पक्षसँग सरकारको शक्ति भए पनि जनताको प्रतिनिधिको आवाज नसुन्न नमिल्ने बताए।

उनले विगतमा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको अवस्थामा आफूहरूले विरोध, बहिष्कार र कालो पट्टी बाँधेर असन्तुष्टि जनाएको स्मरण गरे।

शाहीले नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भन्दै संसद्बाटै उत्तरदायित्व खोजिनुपर्ने धारणा राखे। ‘जनताको सरकार हो भने संसद्बाटै उत्तरदायित्व खोज्ने हो, रत्नपार्कबाट होइन,’ उनले भने।

उनले संसारको कुनै पनि लोकतान्त्रिक अभ्यासमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित रहने परम्परा नरहेको दाबी गरे।

प्रधानमन्त्री शाह कालो चश्मा लगाएर सिंहदरबारमै बसिरहेको उल्लेख गर्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई संसद्मा बोलाउन सभामुख डीपी अर्यालसँग माग गरे। ‘आफैंले ल्याएको नीति तथा कार्यक्रम सुन्न नसक्ने कुरा हुँदै हुँदैन,’ शाहीले भने।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : ०४ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण