कांग्रेसको चेतावनी : वालेन्द्रले संसद्को उपेक्षा गर्दैछन्, जवाफ दिन नआए बहिष्कार गर्छौँ « Khabarhub

कांग्रेसको चेतावनी : वालेन्द्रले संसद्को उपेक्षा गर्दैछन्, जवाफ दिन नआए बहिष्कार गर्छौँ


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाहले लगातार संसद्को उपेक्षा गरिरहेको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको अनुपस्थिति स्वीकार्य नहुने बताएका हुन्।

केसीले प्रधानमन्त्री उपस्थित नभएको अवस्थामा कुनै मन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव टेबल गर्नु संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यसमा आफूहरूको आपत्ति नरहेको बताए। ‘छलफल प्रस्ताव प्रस्तुत मात्रै गर्दा हामीलाई केही आपत्ति छैन, नियमापत्ति छैन,’ उनले भने।

तर छलफलको जवाफ दिने क्रममा समेत प्रधानमन्त्री संसद्मा उपस्थित नभए नेपाली कांग्रेसले बहिष्कार गर्ने चेतावनी उनले दिए।

उनले नीति तथा कार्यक्रमलाई एक वर्षका लागि देशको कार्यदिशा र महत्त्वपूर्ण योजना भएको उल्लेख गर्दै त्यसप्रति प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने धारणा राखे।

केसीले राष्ट्रपति रामचन्द्र पौडेल ले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री शाह संसद्बाट बाहिरिएको घटनालाई पनि अस्वाभाविक र अनुचित भएको बताए।

‘नीति तथा कार्यक्रममाथिको छलफल प्रस्तावमा पनि नआउने, जवाफ दिन पनि नआउने कुरा स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री नहुँदा मन्त्रीले गर्ने कुरा स्वीकार्छौँ, तर जवाफ दिन पनि प्रधानमन्त्री नआए त्यसलाई गम्भीर रूपमा लिनुपर्छ।’

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : ११ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)