देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान « Khabarhub

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत एकता, सङ्गठनात्मक पुनर्जागरण र स्पष्ट राजनीतिक दिशाका लागि महासमितिको बैठक तत्काल बोलाउनुपर्ने निष्कर्ष निकालेको छ।

बुधबारको भेलाले आन्तरिक लोकतन्त्र सुदृढ गर्दै विधान संशोधन, नेतृत्व चयन प्रक्रिया, भ्रातृ तथा शुभेच्छुक संस्थाको नियमितता र सङ्गठनात्मक सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

साथै, हालका निर्वाचन परिणामको समीक्षा गर्दै पार्टीभित्र देखिएका मतभेद र अनुशासनात्मक कारबाही रोक्नुपर्ने माग पनि गरिएको छ।

भेलाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत जान थालेको भन्दै नागरिक अधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट भूमिका लिनुपर्ने धारणा समेत अघि सारेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : ३७ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम