राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित « Khabarhub

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभाको  आइतबार बोलाइएको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आइतबार दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

सभाको आइतबारको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो ।

यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरी पारित गर्ने कार्यसूची थियो ।

त्यस्तै आइतबारका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ । नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो ।

संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक लेखा समितिका बैठकहरू आजका लागि डाकिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १ : ०५ बजे

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ

सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं– सिजी ब्राण्डले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेभलअप!उइथसीजी भन्ने मूल नाराका

एडीबीले नेपाललाई वित्तीय सङ्घीयता सुदृढीकरणका लागि सहयोग गर्ने

काठमाडौं– नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिट निवेदनमा सर्वोच्च

श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित

काठमाडौं– श्रम संस्कृति पार्टीले पार्टी उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)