सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश « Khabarhub

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार उक्त आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि वैशाख २९ गते उपस्थित हुन निर्देशन दिएको हो।

अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा आयोग गठन तथा त्यसका गतिविधि संविधान र प्रचलित कानुनविपरीत रहेको जिकिर गरिएको छ। अदालतले प्रारम्भिक सुनुवाइपछि विपक्षी पक्षसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ३३ बजे

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको