मोहन बस्नेतको जिकिर : गगनले कांग्रेसलाई ‘हाइज्याक’ गरे, झुकेर सम्झौता गर्दिनँ « Khabarhub

मोहन बस्नेतको जिकिर : गगनले कांग्रेसलाई ‘हाइज्याक’ गरे, झुकेर सम्झौता गर्दिनँ


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगनकुमार थापाले कांग्रेसलाई ‘हाइज्याक’ गरेर कब्जा गरेको आरोप लगाएका छन्।

काठमाडौंमा बुधबार आयोजित बागमती प्रदेशस्तरीय भेलामा बस्नेतले आफू थापासँग लत्रेर नजाने पनि बताए । उनले सभापति थापासँग झुकेर कुनै किसिमको सहमति र सम्झौता नगर्ने पनि जिकिर गरे ।

बस्नेतले उक्त भेलामा आफू पहिलेदेखि नै सभापति थापाको विरोधी रहेको बताउँदै झुकेर नमिसिने जिकिर गरे । उनले पार्टीभित्र कृत्रिम रूपमा नेतृत्व बनाइएको आरोप पनि लगाएका छन्।

बस्नेतले आवश्यक परे युवा र भ्रातृ संगठनका कार्यकर्ताहरूलाई सडकमा उतार्ने पनि चेतावनी दिए।

विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको नेपाली कांग्रेसले एकलौटी रुपमा भ्रातृ संगठनहरू चलाउन खोजेको आरोप पनि पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले लगाएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ५० बजे

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि